गोली लागी मृत्यु भएको अवस्थामा फेला


नेपाल समाचारपत्र, दाङ । लमही नगरपालिका–९ सतवरीयाको जंगलमा सिकार खेल्न गएका सोही ठाउँ बस्ने ४५ बर्षीय गोबिन्द चौधरी गोली लागी मृत्यु भएको अवस्थामा फेला परेका छन् ।

बैशाख ८ गते चौधरी सहित सोही ठाउँ बस्ने ३८ बर्षीय सुरज नेपाली र ४० बर्षीय दिपक नेपाली सतवरियाको जंगलमा सिकार खेल्न गएको अवस्थामा शिकार खेल्ने क्रममा चौधरीलाई गोली लागेर घटनास्थलमै मृत्यु भएको भन्ने जानकारी आइतबार इलाका प्रहरी कार्यालय अमिलियामा प्राप्त भएको प्रहरीले जनाएको छ ।

घटना स्थलमा खटिएको प्रहरी टोलीले चौधरीको लास र दुई वटा भरुवा वन्दुक फेला पारेको थियो ।

फरार नेपालीहरुको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।