कारागार माथि प्यारा मोटर उडाउने पक्राउ


नेपाल समाचारपत्र, बर्दीया । ईम्पोभाईज प्यारा मोटर निर्माण गरी बर्दीया स्थित कारागार र कवडहल माथि आकाशमा उडारहेका गुलरीया नगरपालिका–६ बस्ने नुरी स्टोन ईन्ड्रष्टीज सानोश्री ताराताल बर्दीयाका संयोजक ५३ बर्षीय अव्दुल सलाम हलुवाईलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ ।

प्रहरीले उक्त प्यारा मोटरका पाइलट भारत फरियावद दयालपुर मोहन रोड बस्ने ३३ बर्षीय निरज हुद्डालाई समेत पारा मोटर सहित नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले अवाश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।