सिंगो देश अहिले संघीयता कार्यान्वयन गर्ने चरणमा छ– शिक्षा मन्त्री


पुष्कर बुढाथोकी, भक्तपुर ।
शिक्षा मन्त्री धनीराम पौडेलले सिंगो देश अहिले संघीयता कार्यान्वयन गर्ने चरणमा रहेको बताउनुभएको छ । प्राबिधिक प्रशिक्षण प्रतिष्ठानको रजत जयन्ती समारोहलाई आईतबार सानोठिमीमा सम्बोधन गर्दै मन्त्री पौडेलले देशलाई निकास दिन र निर्वाचनको वातावरण बनाउन सरकारले सबै दलसँग संवाद गरिरहेको बताउनुभयो ।
राजनीतिक रुपले बदलिएको परिवेशलाई कार्यान्वयन गर्ने क्रममा सरकार रहेको चर्चा गर्दै उहाँले २५ वर्ष अगाडि रहेको राजनीति पद्धति र आजको पद्धति परिवर्तन भएको बताउनुभयो । संघीयतालाई उचित ढंगले कार्यान्वयन गर्नका लागि शिक्षा क्षेत्रलाई पनि सोही अनुरुप पुनसंरचना गर्ने तयारी भैरहेको उहाँले बताउनुभयो । समृद्व नेपाल र सीपयुक्त नेपाली भन्ने अभियानलाई सफल पार्नका लागि शिक्षाको ब्यबसायिक र प्राबिधिक धारलाई ब्यापक र गुणस्तरीय बनाउनुपर्नेमा उहाँको जोड थियो ।