बैंकमा जम्मा गर्न पठाएको रकम लिएर भाग्ने पक्राउ


काठमाडौं, (नेस) ।

बैंकमा जम्मा गर्न पठाएको रकम लिएर भाग्ने सिन्धुली कपिलकोट–६ घर भई काठमाडौं महानगरपालिका–९ पुरानो गुजेश्वरी बस्ने २३ वर्षीय सुनिल पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

गत बैशाख ६ गते काठमाडौँ महानगरपालिका–१० बानेश्वर स्थित नेशनल मनि ट्रान्सफरबाट कुशुम खनालले पौडेललाई नेपाल ईन्भेष्टमेण्ट बैंकमा ५ लाख रुपैयाँ खातामा राख्नको लागि बा.२८ प ९६०७ नम्बरको स्कुटर सहित पठाएकोमा खातामा रकम जम्मा नगरी पौडेल फरार भएका थिए ।

पौडेललाई प्रहरीले शनिबार काठमाडौं महानगरपालिका–९ बालाजु स्थित उनको कोठाबाट उक्त स्कुटर, नगद ६३ हजार रुपैयाँ र मोवाइल १ थान सहित पक्राउ गरेको थियो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।