५५ हजार बाख्रालाई पीपीआर विरुद्धको खोप लगाइदै


विनोद सिंह विष्ट,बैतडी ।

जिल्ला पशु सेवा कार्यालय पाटन बैतडीले ५५ हजार बाख्रामा पीपीआर विरुद्धको खोप लगाउने लक्ष्यका साथ जिल्लाका विभिन्न स्थानमा बाख्रामा पिपिआर विरुद्धको खोप लगाउने कार्य जारी राखेको छ ।

यही वैशाख ११ गतेदेखि १० ओटा प्राविधिकको टोली खटाएर जिल्लाका दशरथचन्द नगरपालिका,शिवनाथ गाउँपालिका, पाटन नगरपालिका, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न स्थानमा खोप लगाउने कार्य जारी रहेको जिल्ला पशुसेवा कार्यालय पाटन बैतडीका प्रमुख बरिष्ठ पशु विकास अधिकृत डा. नवीन घिमिरेले जानकारी दिनुभयो ।
५५ हजार बाख्रामा पीपीआर विरुद्धको खोप लगाउने लक्ष्य रहेको छ उहाँले भन्नुभयो “अहिले सम्म ३३ हजार बाख्रालाई पीपीआर विरुद्धको खोप लगाइ सकिएको छ ।”
डा. घिमिरेका अनुसार व्यवसायिक रुपमा बाख्रापालन गरिरहेका किसानहरुलाई लक्षित गरेर पीपीआर विरुद्धको खोप अभियान सञ्चालन गरिएको हो । पीपीआर भाइरसको संक्रमणबाट बाख्रा लाग्ने एक प्रकार संक्रामक रोग भएको र यसको रोकथामका लागि पीपीआर विरुद्धको खोप एक मात्र उपाय भएको उहाँले बताउनुभयो ।

भारतसँग सीमा जोडिएका क्षेत्र,रोड करिडोर क्षेत्रमा खोप अभियानलाई प्राथमिकता दिइएको छ।