आगलागीबाट ४६ घर जलेर नष्ट


बाँके, (नेस)
बाँकेको होलियामा आगलागी हुँदा करिब ४६ घर जलेर नष्ट भएका छन्। प्राप्त जानकारीअनुसार शुक्रबार दिउँसो ३ बजेदेखि आगो लाग्न शुरू भएको थियो।

प्रहरी स्रोतका अनुसार उक्त आगलागीमा कुनै पनि मानवीय क्षति भएको छैन। नेपाल प्रहरी सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाको प्रयासबाट उक्त आगलागी साँझ ८ः४० बजे नियन्त्रणमा आएको थियो। आगलागीबाट ४६ घर पूर्णरूपमा जलेर नष्ट भएका छन्।
आगो निभाउन नेपालगन्जबाट दमकल मगाएको भए पनि समयमै आउन नसकेपछि प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो।