राइनो ५०० डी डण्की प्रविधिक रूपमा गुणस्तरीय रहेको दाबी


नेपाल समाचारपत्र
काठमाडौं

शंकर गु्रपअन्तर्गतको भगिनी कम्पनी जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्यारेन्टेड डक्टिलिटीसहितको एफई ५०० डी ग्रेडमा राइनो स्टिल फलामे डण्डीको उत्पादन थालेको छ।

उत्पादनका सम्बन्धमा प्राविधिक जानकारी प्रदान गर्न कम्पनीले धुम्बाराही उपभोक्ताका लागि टेक्निकल मिटको आयोजना गरको छ।

कम्पनीद्वारा आयोजित टेक्निकल मिटमा बोल्दै जगदम्बा स्टिल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले राइनो ५०० डी नेपालमा भएको फलामे डण्डीभन्दा भिन्न र एक स्तर माथिको गुणस्तरीय गुण भएको फलामे छड भएको यस पहिलोपटक नेपालमा ल्याएको जानकारी दिनुभयो।

उत्पादन प्रक्रिया, भौतिक तथा रसायनिक गुणको सम्मिश्रणलगायत कारणले यो छड बजारमा उपलब्ध भएका अन्य छडभन्दा विशेष र पृथक रहेको भन्दै ग्रेड एफई ५०० डीमा कम्पनीले सल्फर र फोसफोरसको सम्मिश्रणको अधिकतमम् शून्य दशमलब शून्य ७५ प्रतिशत मात्र प्रयोग गरेको जानकारी दिनुभयो। यसले गर्दा छड अत्याधिक मजबुत हुनुका साथै बजारमा पाइने डण्डी (एफई ५०० ग्रेड) हरू भन्दा ३३ प्रतिशत बढी उच्च लचकताको सुनिश्चितता गर्दछ।

कम्पनीका अनुसार उच्च डक्टिलिटी ÷ लचकता र शक्ति सहितको राइनो ५०० डी उच्च भूकम्पीय जोखिम भएकाले नेपालका लागि अति उपयुक्त छ।

कम्पनीको विशेष खुद्रा बिक्री केन्द्रमार्फत उपभोक्ताले ८ एमएमदेखि ४० एमएमसम्मको साइज सहजै राइनो ५०० डी फलामे डण्डी खरिद गर्न सक्नेछन्।

निर्माण प्रक्रियामा प्रयोगका क्रममा खेर जाने मात्रा न्यूनीकरण तथा कार्यगत सहजताका लागि सबै फलामे छड निर्धारित १२ मिटर लम्बाईका साथ उपलब्ध छ।