कपिलबस्तुका सवारी धनि ट्राफिकको फन्दामा


सीताराम चौधरी, कपिलवस्तु ।
के तपाईं आफ्नो सवारीको ट्रलीमा ढाला गाँसेर चलाउने गर्नुभएको छ ? ओभरलोड गरी बढी रकम कमाउने आशा देख्नुभएको छ भने अहिले नै सतर्क हुनुस् । ट्राफिक प्रहरीको फन्दामा पर्नुभयो भने उल्टै जरिवानामा पर्नुहोला ।

ट्रलीमा ढाला गाँसेर ओभरलोड बोक्ने गरेको जनगुनासोसँगै यतिबेला जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले विशेष निगरानी अघि बढाएको छ । ट्राफिकले संचालन गरेको विशेष अभियानका क्रम नयाँ वर्ष २०७४ सँगै बैशाखको दुई सातामा विभिन्न प्रकृतिका ६सय ४० सवारी कारवाहीमा परेका छन् ।

जसबाट ४ लाख ६४ हजार राजस्व उठाउन सफल भएको ट्राफिक प्रहरी निरीक्षक अमर बहादुर कार्कीले जानकारी दिनुभयो । ट्राफिक प्रहरी प्रमुख कार्कीका अनुसार औसतमा दैनिक ४/५ वटा सवारी कारवाहीमा पर्ने गरेका छन् ।

विशेषगरी ट्रेक्टर र टिप्परमा ३ इन्चसम्म ढाला गाँसेर अस्वस्थ प्रतिष्पर्धा गर्दै ओभरलोड बोक्ने गरेकाले विशेष अभियानसँगै कारवाही प्रक्रिया अघि बढाइएको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

ढाला गाँसेर माल बोक्दा साधारण ट्रली सवारीका सवारीधनी मर्कामा परेको जनगुनासो बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले विशेष अभियान संचालन गरेको हो । जिल्लाको पश्चिमी क्षेत्रको सुरही खोलाबाट नदीजन्य पदार्थ बोक्ने ट्रेक्टर तथा टिप्परले ढाला गाँसेर ओभरलोड बोक्ने गरेकाले ट्राफिक प्रहरी प्रमुख सहितको टोली पश्चिमी भेगमा विशेष निगरानी बढाउँदै आएको छ ।

ट्राफिक नियम संचालित सवारीलाई जरिवाना मात्र काट्दा समस्यामा कुनै कमी नआएकाले कडा कदम चालिएको ट्राफिक प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।

अहिले ढाला गाँसिएका सवारीलाई वडा प्रहरी कार्यालयमा ल्याई गाँसेको ढाला काट्ने अभियान नै संचालनमा ल्याएको छ । यस किसिमको कारबाहीमा एक सातामा ५० बढी टे«ेक्टर परेका छन ।

यसका साथै स्पष्ट नम्बरप्लेट नभएका सवारीलाई रोकेर नम्बर लेखाउने काम समेत अघि बढाइएको छ । ‘शुरुमा नम्बरप्लेट लेखाउन र ढाला काट्न अनुरोध ग¥यौं तर अटेरी गरेपछि यस किसिमको अभियान संचालन ग¥यौं’ प्रहरी निरीक्षक कार्कीले भन्नुभयो, ‘ट्राफिक नियम उलंघन गरेका सवारीलाई जरिवाना काटेर मात्र छाड्ने गरेका छौं ।’