एकसय किलो चाँदीसहित दुइ जना पक्राउ


नेपाल समाचारपत्र, भद्रपुर । हवाइजहाज प्रयोग गरी ल्याएको एकसय किलो चाँदीसहित दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको भद्रपुर स्थित नागरीक उड्डयान कार्यालयमा चाँदी लिन आउने झापा साविक बुधवारे गा.वि.स. वडा नं. ९ हाल बुद्धशान्ति गाउँपालिका वडा नं. ३ का ३२ वर्षिय मनोज गोयल र साविक कुमरखोद गा.वि.स. वडा नं. ७ हाल झापा गाउँपालिका वडा नं. २ का २७ वर्षिय पुण्य प्रसाद अधिकारी रहेको अञ्चल प्रहरी कार्यालय मेची झापाले जनाएको छ ।

प्रहरीले दिएको जानकार िअनुसार विहिवार ४ वजे काठमाण्डौवाट भद्रपुर तर्फ उढेको यू ४– ९५४ नम्बरको बुद्ध एयरको जहाजमा चाँदी आउदै गरेको छ भन्ने गोप्य सुराकीको आधारमा अंचल प्रहरी कार्यालय मेची र विमान सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको थियो ।

सामान लिई जान लागेका उनिहरुमाथी शंका लागी चेकजाच गर्दा सिलबन्दि गरेको २० किलोका दरले पाँच पोकामा रहेको एकसय किलो चाँदी बरामद गरिएको अञ्चल प्रहरी कार्यालय मेचीका एसएसपी पिताम्बर अधिकारीले जनाए ।

पक्राउ परेका व्यक्तिले काठमाण्डौबाट महेन्द्र गोयलले पठाई दिएको वताएको एसएसपी अधिकारीको भनाई छ । घट्नापछि बरामद गरिएको चाँदीलाई परिक्षणको लागी नेपाल सुनचांदी व्यवसायी संघ विर्तामोडमा प्रमाणीत गराई सोही दिनको बजार मुल्य अनुसार ६७ लाख ७२ हजार ९ सय रुपैया रहेको अधिकारीले जनाए ।

आवश्यक कारवाहीको लागी बरामद भएको चाँदीसहित उनिहरुलाई राजश्व अनुसन्धान पुर्वाञ्चल क्षेत्रिय कार्यालय ईटहरी पठाईएको उनले बताए ।

करिब एक वर्ष अघि पनि भद्रपुर विमानस्थलवाट काठमाण्डौ लैजान लागेको १० किलो सुनसहित एक व्यत्ति पक्राउ परेका थिए ।