फर्कन टिकट लिईसकेका कल्याणको कोरियामै मृत्यु


रामधन राई, खोटाङ । स्वदेश फर्कनका लागि टिकट लिईसकेका दक्षिण कोरियामा कार्यरत खोटाङ चिप्रिङका एक युवाको कोरियामै मृत्यु भएको छ ।

आगामी बैशाख २९ गतेका लागि स्वदेश फर्कन हवाईजहाजको टिकट बुक गरिसकेका खोटेहाङ गाउँपालिका चिप्रिङका ३१ बर्षिय कल्याण राईको बिहिबार कोरियाको खङजुस्थित अपार्टमेण्टमा सुतेकै अवस्थामा मृत्यु भएको राईको आफन्तले जनाएका छन् ।

५ बर्ष अघि बैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुग्नुभएका राई कामबाट फर्की अपार्टमेण्टमा सुतेको र काममा फर्कन सँगै काम गर्ने साथीले उठाउन खोज्दा मृत्यु भएको अवस्थामा फेला परेको जनाईएको छ । मृत्युको कारण आधिकारिक रुपमा खुल्न नसकेको बताईएको छ ।