आगलागीबाट धनमाल क्षति


नेपाल समाचारपत्र, काठमाडौं । सर्लाहीको रामनगर गाँउपालिका–२ बस्ने भोजेन्द्र साहको कच्चि घरमा बिहिबार आगलागी हुँदा करीब १ लाख २० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

त्यस्तै बर्दियाको बर्दिया नगरपालिका–९ जनकल्याण सामुदायिक बनमा बिहिबार आगलागी भई सोही ठाउँ बस्ने लालबहादुर भण्डारीको परालको टौवा, गोठमा रहेको ३ कुईन्टल गहुँ र देवेन्द्र के.सी.को परालको गोठ समेत जलेर करीब ३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

झापाको कचनकवाल गाँउपालिका–७ बस्ने बिर्खबहादुर बि.क.कोे कच्ची घरमा बिहिबार बिजुली सर्ट भई आगलागी हुँदा करीब ६ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

उता दाङको बबै गाँउपालिका–५ हापुरे बस्ने भिमबहादुर अधिकारीको परालको टौवामा लागेको आगो फैलिएर घरमा समेत आगलागी हुँदा करीब १ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ भने सिराहाको मिर्चैया नगरपालिका–१० महेशपुर बस्ने गुलसेद मियाँको घरमा बुधबार आगलागी हुँदा करीब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

स्थानियबासी तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।