खुकुरी प्रहारको अभियोगमा पक्राउ


नेपाल समाचारपत्र, मोरङ । बुढीगंगा गाउँपालिका–७ मझूवा बस्ने ४५ वर्षीय झगरो माझी र उनकै २२ वर्षीय छोरा भागरत माझीलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाईते बनाएको अभियोगमा सोही ठाउँ स्थित सुन्दरहरैचा नगरपालिका–२ बस्ने ३६ वर्षीय तारीकलाल थान्दारलाई बिहिबार प्रहरीले पक्राउ गरेको छ ।

झगरो र भागरतलाई थान्दार लगायत सोही ठाउँ बस्ने २४ वर्षीय मोहन चौधरी समेत ५÷७ जनाको समुहले घाइते बनाएका हुन् । घाइतेहरु दुबै जनाको नोवेल अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने अन्य फरार व्यक्तिहरुको खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।