स्यालको आतङ्क


ललित सिहं, बझाङ् । बझाङ्को जयपृथ्बी नगरपालीका १० दम्दुरमा स्यालले आतङक मञ्चाएको छ । घर भित्रै गएर मानिसलाई टोक्ने देखि पशु चौपाया लाई टोक्ने गरेको स्थानीयहरु बताउछन् ।
दिउसो घर नजिकै काम गर्ने क्रममै स्यालले टोकेर अहिले सम्म एक बालक सहित ५ जना स्थानीय घाईते भएका छन् । ८ बर्षीया बालक रमेश जोशी लाई घर भित्रै स्याल गएर टोकेको थियो अबस्था गम्भीर थियो तर अहिले उपचारको क्रममा केहि सुधार आएको घाईते बालककी दिदी तरुणा जोशीले बताईन् ।
सो गाउँमै बस्ने स्थानीय भगीराज थापा, दिपा जोशी, अँगीरा देबि जोशी, रमा देबि उपाध्यय र हासु नेपाली रहेका छन् । स्यालको टोकाईबाट अँगीरा देबि जोशिलाई सुई र हाँसु नेपालीलाई भने स्यालले टोकेको घाउमा ४ टाँका लगाउनु परेको पिडित नेपालीले बताउनुभयो ।

कसैको हातमा र कसैको पछाडी बाट खुट्टामा टोकेकाको उपचार जिल्ला अस्पतालमा भईरहेको छ ।