बिद्यार्थीले पाठ्य पुस्तक पाएनन


विमल विष्ट, डोटी ।
नया“ शैक्षिक क्षेत्र सुरु भइसक्दा पनि डोटीमा पाठ्यपुस्तकको अभाव देखिएको छ । कक्षा ७ देखि १० सम्मका बिभिन्न पाठ्यपुस्तक अभाव हुँदा बिद्यार्थी, अभिभावक र शिक्षकहरु निराश छन् ।

स्टेशनरी व्यवसायी संघ डोटीका सचिव खडक बिक्रम शाहीले ६ कक्षाको अंग्रजी, स्वास्थ्य र नैतिक, ७ कक्षाको सामाजिक,गणित, बिज्ञान र नैतिक, ८ कक्षाको पनि नेपाली, सामाजिक र बिज्ञान तथा ९ र १० को ऐच्छिक बिषयका पाठ्यपुस्तक अभाव रहेको जानकारी दिनयो ।

सामुदायिक बिद्यालयहरुका पाठ्यपुस्तक प्रकाशित गर्ने जिम्मेवारी पाएको जनक शिक्षाले निर्वाचनको कारण देखाएर पाठ्यपुस्तक प्रकाशित गर्न नसक्दा अभाव भएको पुस्तक ब्यवसायीहरु बताउछन् ।

उता डोटीका जिल्ला शिक्षा अधिकारी अनन्तकुमार पौड्यालले ‘जनक शिक्षाले मतपत्र प्रकाशित गरिरहेकाले अहिले पाठ्यपुस्तक समयमा आउन नसकेको बताउनु भयो ।

यस अघि जनक शिक्षाले पाठ्यपुस्तक आफैं प्रकाशित गर्न नसक्ने अवस्थामा साझा प्रकाशनलाई पनि प्रकाशित गर्ने जिम्मेवारी दिएकोमा अहिले त्यो हटाइएको छ । तीन बर्षबाट डोटीमा साझा प्रकाशन कार्यालयको डिपो हटाइएको छ ।

डिपो हुदा सहज र सरल रुपमा यहाँका पहाडी जिल्लाका पुस्तक व्यवसायीहरुले पाठ्यपुस्तक पाउने गरेकोमा डिपो हटाईएपछि पछिल्लो समय धनगढी जानु पर्ने समस्या भएको पुस्तक ब्यबसायीहरु बताउछन् । डोटीमा २० प्रतिसत बिद्यार्थीले अझै पाठ्य पुस्तक पाउन नसकेको शिक्षकहरु बताउछन् ।