जंगलमा भेटिएको कंकाल धनबहादुरको


रविन भट्टराई, ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालीका स्थित लिम्बुदिनको जंगलमा फेला परेको मानव कंकाल सुरुम्खिमका धनबहादुर गिरीको भएको प्रहरीले बताएको छ ।

विहिबार दिउँसो सो गाउँपालीकाको ५ नंबर वाडा साविक लिम्बुदिन ९ को पाताल जंगलमा भेटिएको सो कंकाल सुरुम्खिम ७ हाल सिदिङ्वा गाँउपालिका ७ का ५७ वर्षीय गिरीको भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मानसिक सन्तुलन ठिक नभएका गिरी २०७३ साल श्रावण महिनामा देखि बेपक्ता भएको उनका भाई प्रेम बहादुर गिरीले बताएका छन् । गिरी बेपत्ता हुन साथ भाईले प्रहरी चौकि खेवाङमा हुलिया सहित निवेदन दिएका थिए ।

भाईले प्रहरी समक्ष दिएको हुलिया र कंकाल सँग भेटिएको कपडा मिलेकाले कंकाल उनकै भएको प्रहरीको भनाई छ । सो मावन कंकाल पोष्टमाटमका लागि शुक्रबार (आज) जिल्ला अस्पताल ताप्लेजुङ ल्याईने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसिले बताउनुभयो ।

घटना स्थल प्रहरी चौकि साब्लाखुबाट ३÷४ घण्टा पैदल दुरीमा रहेको छ भने इलाका प्रहरी कार्यालय तेल्लोकबाट ५ घण्टा पैदल दुरीमा रहेको छ ।