शुक्लाफाँटामा पर्यटक बढ्दै


हेमन्त पौडेल, महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकञ्चमा घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ । निकुञ्जभित्र घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकहरुको संख्या बढ्दै जान थालेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

२०२६ सालमा शिकार आरक्षको रुपमा स्थापना हुँदै २०३३ सालमा बन्यजन्तु आरक्ष बनेको शुक्लाफाँटा २०७३ सालमा राष्ट्रिय निकुञ्जको ३ सय ५ स्क्वायर किलोमिटर क्षेत्रफलमा फैलिएको राष्ट्रिय निकुञ्जभित्र ५४ स्क्वायर किलोमिटरको घाँसे मैदान (फाँट) रहेको छ ।
निकुञ्ज भित्र बाघ, गैंडा, हात्ति, बाह्रसिंगा लगायतका जनावर र २ सय भन्दा बढी प्रजातीका चराहरु अबलोकन गर्न पर्यटकहरु आउने गरेका छन् । हालैमात्र आरक्षबाट राष्ट्रिय निकुञ्ज बनेको शुक्लाफाँटा भित्र दक्षिण एशियाकै ठूलो घाँसे मैदान रहेको छ ।

करिब ५४ स्क्वायर किलोमिटर क्षेत्रमा फैलिएको घाँसे मैदानमा बाह्र सिंगाको झुण्डले पर्यटकहरुको मन लोभ्याउने गरेको छ । एकै ठाँउमा यति ठूलो बाह्रसिंगाको झुण्ड देखिने दक्षिण एशियाको यो पहिलो स्थान भएको राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जको गेटबाट करिब २५ किलोमिटरको दूरीमा शुक्लाफाँटाको घाँसे मैदान रहेको छ ।