विराटलक्ष्मी विकास बैंकद्वारा अक्षयकोष स्थापना

0
Shares

काठमाडौं, (नेस)
विराटलक्ष्मी विकास बैंकले प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरलाई अक्षयकोष स्थापनार्थ तीन लाख रुपियाँ प्रदान गरेको छ।

बैंकका अध्यक्ष माधवप्रसाद कोइरालाले प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीलाई उक्त रकम हस्तान्तरण गर्नुभयो। बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व वहन कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको थियो। यस बैंकलाई प्राइम कमर्सियल बैंकले एक्विजिशन (प्राप्ति) गर्ने भई वैशाख १७ गतेदेखि एकीकृत कारोबार गर्ने कार्यक्रम रहेको छ। एक्विजिशन पश्चात विराटलक्ष्मीको नाम नै नरहने हुँदा सामाजिक कार्यमा रहेको आफ्नो नामलाई सदा निरन्तरता कायम राख्न प्रतिभा पुरस्कार प्रतिष्ठान मार्फत अक्षयकोषको स्थापना गरी सो अक्षयकोषमा आर्जित ब्याजबाट हरेक वर्ष यस विकास बैंकको नाममा यस क्षेत्रका सामाजिक वा आर्थिक वा उद्यमशिल क्षेत्रका व्यक्तित्व वा संघसंस्थालाई पुरस्कृत गर्न उक्त अक्षयकोष स्थापना गरिएको बैंकले जनाएको छ।

विराटलक्ष्मी प्रतिभा पुरस्कारको नाममा हरेक बर्ष कुनै एक व्यक्तित्व वा संघसंस्थालाई कम्तिमा २१ हजार रकमको पुरस्कार प्रदान गरिने सम्झौता प्रतिष्ठानसँग गरिएको बैंकका कम्पनी सचिव हेमन्तराज न्यौपानेले जानकारी दिनुभयो।