अमेरिकी शिक्षिकाको चार जना विद्यार्थीसँग यौन सम्बन्ध


ह्युस्टन, (एजेन्सी)
अमेरिकाको टेक्सास प्रहरीले एक जना ३८ वर्षीया पूर्वकिन्डरगार्टेन शिक्षिकालाई चार जना हाइस्कुलका छात्रसँग अनुचित यौन सम्बन्ध राखेको अभियोग लगाएको पिपुल नामक अखबारले जनाएको छ। उनले दुई जना छात्रसँग एकैचोटी यौनसम्पर्क गरेको पनि बताइएको छ।

गत शनिबार पक्राउ गरिएकी टेक्सासको लफ्किन निवासी हिथर ली रोवर्टसनले आफ्नो अपराध कबुल गरेको पनि अनुसन्धानमा संलग्न प्रहरीले जनाएको छ। अदालत सूत्रले उनीमाथि एक शिक्षिका भएर आफ्नै विद्यार्थीसँग अवैध यौन सम्बन्ध राखेको लगायतका चारवटा अभियोग लगाइएको जनाएको छ। गत बिहीबारदेखि उनको आचरणमाथि अनुसन्धान शुरु भएको थियो।

प्रहरीले ती पीडित चारै जना विद्यार्थीसँग पनि बयान लिइसकेको छ। तीमध्ये एक जना केटोले आफूले रोवर्टसनसँग स्न्यापच्याटमार्फत च्याटिङ शुरु गर्दै सेक्सिटङ गर्नथालेपछि एकदिन उनले आफूलाई यौनसम्पर्क गर्न आमन्त्रण गरेको प्रहरीलाई बताएका छन्। उनले आफ्ना एक जना साथीलाई पनि बोलाएर उनीसँग ग्रुप सेक्स गरेको बुझिएको छ। दोस्रो केटाले पनि ती पहिलो केटाको बयानप्रति सहमति जनाएका छन्। अन्य दुई जना विद्यार्थीले पनि केही पटक उनीसँग यौनसम्पर्क गरेको स्विकारेका छन्।

ती चारै जनाले आफूहरू घरबाट कसैलाई नभनी खुसुक्क बाहिर आउने र रोवर्टसनले आफूहरूलाई पिक अप गरी उनको अपार्टमेन्टमा लगेर यौनक्रिया गराइसकेपछि पुनः आफ्नै कारबाट घरघरमा छोडिदिने गरेको प्रहरीसमक्ष बयान दिएका छन्।

प्रहरीको कडा दबाबपछि मात्र उनले आफ्नो अपराध स्विकारेकी हुन्। अहिले हरदम रक्सी पिइरहने गरेकी उनले उक्त यौन घटनामध्ये कतिपय बिर्सिसकेको बताउने गरेको पनि बुझिएको छ। प्रहरीले औपचारिकरूपमा अभियोग दर्ता गर्नासाथै उनले शिक्षिका पदबाट राजीनामा दिएकी थिइन्।