लिम्बुदिनको जंगलमा मानव कंकाल


रविन भट्टराई, ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालीकाको एक जंगलमा विहिबार दिउँसो मानिव कंकाल फेला परेको छ ।

सो गाउँपालीकाको ५ नंबर साविक लिम्बुदिन ९ को पाताल जंगलमा मानिसको खुट्टाको हड्डि, दाँत, टाउकोको खपडा र पुरुषको जस्तो फुलेको कपाल फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

स्थानियले विहिबार दिउँसो एक बजे जंगलमा मानव कंकाल फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउनसाथ इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी नायव निरिक्षकको नेतृत्वमा ५ जनाको टोलि सो स्थानमा पुग्दा कंकाल सहित निलो रङ्गको जुत्ता, निलो सुइटर, हरियो कट्टु, छरिएको अबस्थामा फेला परेको प्रहरीले बताएको छ ।

घटना स्थल प्रहरी चौकि साब्लाखुबाट ३÷४ घण्टा पैदल दुरीमा रहेको छ भने इलाका प्रहरी कार्यालय तेल्लोकबाट ५ घण्टा पैदल दुरीमा रहेको छ । उक्त कंकाल सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।