चालकले लुकाए साढे नौं लाखको सुन


नेपाल समाचारपत्र, हेटौंडा । हेटौंडामा प्रहरीले ठूलो परिमाणमा अवैध सुन बरामद गरेको छ ।

बिहीबार विहान करिब साढे ५ बजे इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले हेटौंडा–१५ स्थित प्रहरी चेकपोष्टमा बसका यात्रीबाट सुन बरामद गरेको हो । काठमाडौं बाट सर्लाहीतर्फ जा“दै गरेको ना.६ ख १५३३ नं. यात्रुबाहक बस विशेष सुराकीका आधारमा रोकी चेक गर्ने क्रममा बसचालकलाई सुनसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।
सर्लाहीको मलगंवा नगरपालिका वडा नं. १० बस्ने करिब ३७ वर्षीय नरेश रायले लुकाइ ल्याएको करिब नौं लाख पचपन्न हजार बत्तीस रुपिया“ मूल्य बराबरको सुन २ सय ग्राम बरामद गरिएको हो । उनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभागको मध्यमाञ्चल क्षेत्रीय कार्यालय, पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ ।