तरकारी खेतीबाट मनग्य आमदानी


विमल विष्ट,डोटी ।

सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा सेती नदि नजिक रहेको महादेव मन्दिरको बलौटे माटो भित्र रहेको खाली जमिनमा धनश्याम पाठकले मौषमी तथा बेमौषमी तरकारी खेतीको सुरुवात गर्नु भएको छ ।

उहाँले तरकारी खेती गरेपछि राम्रै आम्दानी हुन थालेको बताउनु भयो । पाठकले उक्त मठको बाँझो जमिनमा काउली,टमाटर,भिन्टी रायो, लैका,काँक्रो,गाँजर,फर्सि सलगम लगाएतका बिभिन्न खाले तरकारी लगायर मनग्य आम्दानी गर्न थालेका छन् । आफुले फलाएको तरकारकारी खेती बाट मासिक २० देखी ३० हजार सम्म आम्दानी हुने गरेको पाठकले बताउनु भयो ।

तरकारी खेती बाट आफनै राम्रै आम्दानी हुन थालेको पाठकले बताउनु भयो । उहाँले भन्नु भयो ‘पहिलो यो जमिनमा गुहँ खेती गरीन्थ्यो,खासै चाहे जति र परिश्रम गरे जति अन्न फल्दैन थियो ,अहिले तरकारी खेती गरेपछि जमिननै मनोरम तथा हराभरा देखिन थालेको छ ।’

स्थानियबासीका अनुसार अहिले पाठकको बारीमा तरकारी किन्नेहरुको भिड लाग्ने गरेको छ । परिश्रम गरे बालुवा पनि खेती हुन्छ भन्ने उदाहरण दिएका छन् पाठकले ।

कृषि पेसामा आफुलाई ज्ञान नभए पनि कृर्षि पेसा आफुलाई निकै रुचिरहेको बताउदै पाठकले थप भन्नु भयो ‘मैलै बिगतका बर्षमा ठेक्काको काम गरीरहेको थिए धेरै बर्ष बिति सक्दा अहिले आएर आफुलाई ठेक्काको काम गर्न रुचि नरहेकाले तरकारी खेती सुरुवात गरेको हुँ,अबको मेरो पेसा नै कृषि हुने छ ।’

बर्षेनी रोजगारीका लागि भारत पस्दै आएका डोटेलीहरुलाई काम गर्न सके घरैमा पैसा भएको उदाहरण समेत उहाँको तरकारी खेतीले दिएको छ ।