हृदयघातका कारण प्रहरी असइको मृत्यु


सन्तोष अधिकारी,गोरखा ।
जिल्लाको अजिरकोट गाउँपालिका सिम्जुङ वालुवाका प्रहरी चौकी इन्चार्ज असई हर्ष बहादुर नेपालीको हृदयघातबाट मृत्यु भएको छ ।

पर्वत फलेवास घर भएका ४६ वर्ष नेपालीको आज विहान सवा छ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायबउपरिक्षक बीरेन्द्र थापाले जानकारी दिए ।

विहान दाँत माझ्दा माझ्दै बेहोस भएर ढलेका नेपालीको उपचारको क्रममा जिल्ला अस्पताल गोरखामा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । पोष्ट मार्टमका लागि उनको शव गोरखा अस्पतालमा ल्याइएको छ ।

पोष्टमार्टम पछि नेपालीको शव पर्वत पठाउने तयारी रहेको जिप्रका गोरखाले जनाएको छ ।