प्रतिबन्धित जंगली पंक्षी हुचिल सहित पक्राउ


रौतहट (नेस) ।

चन्द्रपुर नगरपालिका–६ बेल्डी बस्ने २७ बर्षीय देवनाथ चौधरी र सागर लामा नाम गरेका व्यक्तिलाई प्रहरीले प्रतिबन्धित जंगली पंक्षी हुचिल सहित मंगलबार पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका अनुसार चन्द्रपुर नगरपालिका–४ चपुरस्थित पूर्व–पश्चिम राजमार्गको सुदर्शन होटल अगाडि सेतो बोराभित्र कार्टुनमा राखी उनीहरु सहितका ४ जनाले प्रतिबन्धित जंगली पंक्षी हुचिल ल्याइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएकोमा निज सागर लामा र हाल नाम, थर, वतन नखुलेका २ जना समेत गरी ३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले तत्काल भागेकामध्ये लामालाई सोही नगरपालिका–६ स्थित बेल्डीबाट प्रहरीले पुनः पक्राउ गरेको हो ।
साथै उनीहरुले प्रयोग गरेका ना.२० प ९१६५ र ना.२४ प २९१४ नम्बरका मोटरसाइकल तथा मरेको अवस्थामा रहेको हुचिल समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

फरार २ जनाको खोजतलास र आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।