कृषि कलेज गोकुलेश्वर,स्ववियुद्वारा ‘आईएएएस’को निर्णयको विरोध


विनोद सिंह विष्ट,बैतडी ।

त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान(आईएएएस)को हाल पाचौं सेमेस्टरमा अध्ययनरत ब्याचदेखि मात्र आठौं सेमेस्टरमा ईन्टनसिप कोर्ष सञ्चालन गर्ने निर्णयको स्वतन्त्र विद्यार्थी युनियन, गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, गोकुलेश्वर बैतडीले गम्भिर ध्यानाकर्षण रहेको जनाएको छ ।

स्ववियुले आज एक विज्ञप्ती निकाल्दै हाल छैटौं सेमेस्टरको परिक्षा दिईरहेको ब्याचलाई ईन्टनसिप गराउन सक्ने अवस्था हुदाहुदै पनि जबरजस्ती पछिल्लो ब्याचदेखि सुरु गर्ने गरेको निर्णयप्रति खेद प्रकट गरिएको जनाएको छ ।

हाल परिक्षा दिईरहेका छैटौं सेमेस्टरका विद्यार्थीहरुले सातौं सेमेस्टरको कक्षाहरु तत्काल सञ्चालन नहुने र कोर्ष परिमार्जनमा बर्षौ नलाग्ने हुँदा पनि त्रिभुवन विश्वविद्यालय आईएएएसले यस्तो निर्यण गरेको भन्दै विरोध गरेका गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज , गोकुलेश्वरका स्ववियु सभापती राजेन्द्र बमले जानकारी दिनुभयो ।

यसका साथै हाल परिक्षा दिईरहेका छैटौं सेमेस्टरवाट नै ईन्टनसिप कोर्षको सुरुवात गर्न सम्बन्धित पक्षको ध्यान जाओस भनि स्ववियु सभापती राजेन्द्र बम तथा सचिव खगेन्द्र कँडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत माग गरेको छ ।