बिष्णुप्रसाद भण्डारी,अछाम ।
अछाममा गएराति बेलुकी आएको हावाहुरीका कारण रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ ।
जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–३ बरदादेवीकी ६० वर्षकी नरपता साउंँदको हावाहुरीले रुखको हाँगा भाँचियर टाउकोमा लाग्दा ज्यान गएको हो ।
गाउँको मालुकाट्टे भन्ने ठाउँमा हुरी आएका बेला ओत लाग्न रुखको फेदमा गएका बेला हाँगा भाँचिएर टाउकोमा लागेको र उपचारका लागि अस्पताल लैजाने क्रममा उहाँको
ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक डिएसपी निरञ्जनदत्त भट्टले जानकारी दिनुभयो ।
प्रतिक्रिया