नेपाल समाचारपत्र, काठमाडौँ । मकवानपुरको हेटौडा उपमहानगरपालिका–९ स्थित राजमार्गमा ना.६ ख १०९१ नम्बरको ट्याङकरले ना.७ प ९६२ नम्बरको मोटरसाइकललाई आइतबार ठक्कर दिंदा मोटरसाइकल चालक घनश्याम बन्जाराको ज्यान गएको छ ।
गढी गाउँपालीका–६ बस्ने ४४ बर्षीय बन्जारा गम्भीर घाइते भएपछि उपचारको लागी हेटौडा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै रुपन्देही देबदह नगरपालिका–१२ प्रगती नगर भित्री सडक खण्डमा अस्थाई नंम्बर (लु.अ.अ.चै २९८६) नारायणी बोडिङ स्कुलको बसले आइतबार पैदल यात्री सोही ठाउँ बस्ने शंखर पाण्डेको ३ बर्षीय छोरा संयोग पाण्डेलाई ठक्कर दिदाँ उनको घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै पाल्पा रिब्दिकोट गाँउपालीका–७ चाचरी स्थित भित्री कच्ची सडक खण्डमा लु.१ ज १५८१ नम्बरको जिप आइतबार सडकदेखि २ सय मिटर तल खस्न गई दुर्घटना हुँदा जिप धनि सोही ठाउँ बस्ने २६ बर्षीय दान बहादुर गाहाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ४० बर्षीय प्रेम बहादुर गाहा र १३ बर्षीय भुवन गाहा गम्भीर घाइते भएकोले उपचारको लागि मिसन अस्पताल पाल्पामा पठाइएको छ ।











प्रतिक्रिया