नेवाः देय् दबूको अध्यक्षमा पुनः ताम्राकार


नरेन्द्र केसी, दाङ ।
नेवारहरुको साझा राष्ट्रिय संगठन नेवाः देय् दबूको केन्द्रीय अध्यक्षमा पुनः नरेशकुमार ताम्राकार निर्वाचित हुनुभएको छ ।

दाङको घोराहीमा दुई दिनसम्म चलेको छैठौं राष्ट्रिय महाधिवेशनबाट उहाँ दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो । यसअघि पाँचौ महाधिवेशनबाट पनि उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको थियो । महाधिवेशनमा भएको मतदानमा ताम्राकारले १९६ मत प्राप्त गर्नुभएको थियो भने प्रतिद्वन्द्वी पबित्र बज्राचार्यले १५० मत प्राप्त गर्नुभएको थियो ।

महाधिवेशनबाट सात जना प्रदेश उपाध्यक्ष निर्वाचित हुनुभएको छ । जसमा प्रदेश नम्बर ३ मा मतदानबाट निर्वाचित हुनुभएको छ भने बाँकी ६ उपाध्यक्ष निर्विरोध हुनुभएको हो । प्रदेश नं ३ मा चन्द्रलाल राजभण्डारी ३१ मत प्राप्त गरी विजय हुनुभएको हो ।

अन्य निर्विरोध निर्वाचित उपाध्यक्षहरुमा जसअनुसारमा प्रदेश नम्बर १ को उपाध्यक्षमा कृष्णा उदास, २ मा शंकरराम श्रेष्ठ, ४ मा शंकरनारायण श्रेष्ठ, ५ मा दीपककुमार श्रेष्ठ, ६ मा मिलन श्रेष्ठ र प्रदेश नम्बर ७ को उपाध्यक्षमा एककुमार श्रेष्ठ रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा पनि मतदानबाटै निर्वाचित हुनुभएको छ । खुल्ला पुरुष सदस्यमा माइलाबाबु धौला २४८, शान्त श्रेष्ठ १५८, बसन्ता श्रेष्ठ १४४, सत्यनारायण डङ्गोल १४३, अनिल मास्के १४१ र महेन्द्र लिगल १ २९ मत प्राप्त गरी विजय हुनुभएको छ । महिला खुल्लातर्फ यशोदादेवी श्रेष्ठ १६३, निर्मला श्रेष्ठ २४३, लक्ष्मी शाक्य २२८, सीता श्रेष्ठ १२३, लक्ष्मी प्रजापति २११ र सुन्दरी श्रेष्ठ २ १० मत प्राप्त गरी विजय भएको दाङ जिल्लाका सचिव रोशनमान श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी प्रदेश सदस्यहरुमा प्रदेश नम्बर १ मा कमल श्रेठ, २ मा घनश्याम श्रेष्ठ, ३ मा हरिकुमार श्रेष्ठ, ४ मा देवेन्द्रकुमार श्रेष्ठ, ५ मा त्रिरत्नलाल शाक्य, ६ मा खगेन्द्रबहादुर श्रेष्ठ र प्रदेश नम्बर ७ को सदस्यमा विकास श्रेष्ठ रहनुभएको छ । प्रदेश नं ३ मा भने हरिकुमार श्रेष्ठ ४१ मत प्राप्त गरी विजय हुनुभएको छ । सत्ताइस सदस्य निर्वाचनबाट चयन तथा अन्य ६ जना केन्द्रले मनोनीत गर्ने आयोजकले जनाएको छ ।

दाङ घोषणापत्र जारी
महाधिवेशनले दाङ घोषणापत्र जारी गरेको छ । जसमा नेवारहरुको भाषा, कला, संस्कृतिलाई विश्वभर प्रचारप्रचार, सम्बर्धन गर्ने उल्लेख छ । त्यस्तै नेवार पहिचानलाई अविक्षिण्ण राख्ने र नेवारप्रति विगतदेखि गरिदै आएको विभेदको अन्त्य गर्दै ऐक्यबद्ध नेवार समाज स्थापना गर्ने कार्यमा तत्पर रहने पनि घोषणापत्रमा उल्लेख छ ।

राज्यका हरेक तहमा समावेशी समानुपातिक प्रतिनिधित्व र पहिचान स्थापना गर्ने कार्यमा संसारका विभिन्न कुनामा छरिएर रहेका नेवारहरुलाई संगठित गराउने पनि घोाषणापत्रमा उल्लेख छ । घोषणापत्रमा ५ नम्बर प्रदेशको राजधानी बन्ने तरखरमा रहेको यस मनोरम पर्यटकीयस्थल दाङमा शान्त र सुव्यवस्थित तवरले छैठौं महाधिवेशन सम्पन्न गर्ने ब्यवस्थान समिति दाङ घोराही नेवार समितिसहित सबैमा धन्यवाद ज्ञापन गरिएको छ ।