पत्रकारले बनाए त्रिवर्षीय कार्ययोजना


नेपाल समाचारपत्र, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरले आफ्नो प्रारम्भिक कार्ययोजना निर्माण गरेको छ । महासंघ अध्यक्ष हरिप्रसाद हुमागाईंको सभाध्यक्षतामा आइतबार बसेको बैठकले ३ वर्षमा गर्ने कार्ययोजना निर्माण गरेको हो ।
महासंघले ३ वर्षे कार्ययोजनामा महासंघको भवनमा लाइब्रेरी निर्माण गर्ने उल्लेख छ । महासंघले पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थी तथा सूचना खोज्नेहरुका लागि लक्षित गर्दै ईलाइब्रेरीसहित व्यवस्थित लाइब्रेरी सञ्चालन गर्ने योजना बनाएको छ ।

महासंघले ३ वर्षभित्र रेडियो प्राविधिक उत्पादन गर्ने लक्ष्यसाथमा रेडियो प्राविधिक तालिम, पत्रिका सेटिङ तालिम, खोज पत्रकारिता तालिम तथा पछिल्लो समय सम्भावना बोकेका फोटोग्राफी तथा भिडियो इडिटिङ तालिम प्रदान गर्ने योजना बनाएको छ ।