विजुलीको तार सर्वसाधारणको काल


मोतीराम तिमल्सिना, काभ्रे ।
चैत्त २९ गते राति बनेपा बुडोलमा एक युवकले करेन्टका कारण ज्यान गुमाउन पुगे । करेन्टबाट मृत्यु भएका युवकको १२ दिनको काम नसक्दै अर्का युवकले त्यहि स्थानमा करेण्टबाट ज्यान गुमाउन पुगे ।

नेपाल विद्यूत्त प्राधिकरणको लार्पवाहिका कारण एक महिनाको बीचमा तीन जनाले करेन्टकै कारण ज्यान गुमाउन पुगेका छन् । चालु आर्थिक वर्षमा विद्यूत्त प्राधिकरणको लार्पवाहिका कारण ७ जनाले ज्यान गुमाउन पुगेका जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ ।

आईतबार विहान खाली टिपरको ढाला उठाउने क्रममा साविक कुशादेवी गाविस वडा नम्वर २ हाल पनौती नगरपालिका घर भएका २७ बर्षिय युवक केशव आचार्यको घटना स्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक अनिल घिमीरेका अनुसार आचार्य स्टेरिङ्गको तल भुईमा पछारिएको अवस्थामा फेला परेका थिए ।