काठमाडौ, (नेस) ।
मन्त्रिपरिषद्को बैठकले वैशाख ३१ गते पहिलो चरण र जेठ ३१ गते दोस्रो चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ।
प्रदेश नम्बर १,२, ५ र ७ मा जेठ ३१ गते निर्वाचन हुनेछ भने बाँकी पहिलो चरण्मा हुने सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
सरकारले निर्वाचन आयोगलाई वैशाख १६ गतेदेखि सुरु हुने उम्मेदवार मनोनयन दर्तालगायतको निर्वाचन कार्यक्रम वैशाख ३१ गतेको पहिलो चरणको निर्वाचनलाई ध्यानमा राखी जति सकिन्छ सार्न अनुरोध गर्ने निर्णय पनि गरेको छ।
यसअघि मन्त्रिपरिषद् बैठक स्थगित गरी प्रधानमन्त्री पुष्पकमल दाहल ुप्रचण्डु एमाले अध्यक्ष केपी ओलीलाई भेट्न उनको निवास बालकोट पुग्नुभएको थियो ।
त्यहाँबाट फर्केपछि मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।











प्रतिक्रिया