गोरुले हान्दा एक बालिकाको मृत्यु


विनोद सिंह विष्ट,बैतडी ।

गोरुले हान्दा बैतडीमा आईतबार एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्नया गाउँपालिका ६ का अमर कुवँरकी ९ बर्षीया छोरी जानकी कुवँर रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले जानकारी दिनुभयो ।
घरनजिकै गोरु चराईरहेका बेला एक्कासी गोरुले हानेर गम्भीर घाईते भएकी जानकीलाई उपचारका लागी अस्पताल लैजादै गर्दा आईतबार दिउँसो बाटोमै मृत्यु भएको हो ।

मृतक बालिका स्थानिय केदार प्राबिमा कक्षा ५ मा अध्ययनरत रहेकी थिईन ।
शव परिक्षणका लागी पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाने तयारी भएको छ।