दुई चरण निर्वाचनले दलहरुको सकस टर्यो

0
Shares

नेपाल समाचारपत्र, बारा
सत्तारुढ दल र असन्तुष्ट मधेस केन्द्रीत राष्ट्रिय जनता दलका नेताहरुबीच काठमाण्डौंमा २ नम्बर सहित केही प्रदेशमा अर्को चरणमा निर्वाचन गर्ने सहमति बनेपछि उम्मेदवार छनौट गर्ने क्रममा सकस बेहोर्दै आएका बाराका प्रमुख दलका नेता कार्यकर्ताले राहत महशुस गरेका छन ।

मनोनयन पत्र दर्ता गर्ने मिति नजिकिदै जाँदा उम्मेदवारको अन्तिम नामवली पनि तत्काल टुङ्गयाउनु पर्ने दवावमा रहेका दलका नेताहरुले निर्वाचन मिति धकेलिएसंगै राहत महशुस गरेका हुन । आकाक्षी धेरै देखिएपछि जिल्लाका प्रमुख दलहरुले नै उम्मेदवार सिफारिस र अन्तिम निर्णय लिन सकेका थिएनन ।