मन्त्रिपरिषद बहिस्कार गर्दै आएका उपप्रम निधि मन्त्रिपरिषद बैठकमा सहभागी


वरियताक्रम विवादका कारण मन्त्रिपरिषद् बैठक बहिस्कार गर्दै आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आजको मन्त्रिपरिषद बैठकमा सहभागी हुन पुगेका छन ।

क्याविनेटको पोर्टफोलियोमा उपप्रधानमन्त्री कमल थापालाई माथि राखेपछि निधिले पटक पटक क्याबिनेट बैठक बहिस्कार गर्दै आएका थिए।

गृहमन्त्रीका रुपमा संसदमा जवाफ दिन जाँदा पनि उनी अप्रत्यासित रुपमा बाहिरैबाट रोस्टममा पुगेका थिए निधि।

मन्त्रिपरिषद बहिस्कार गर्ने र संसदमा बोल्न पनि फरक तरिकाले उपस्थित भएकोमा उनको आलोचना हुँदै आएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले त उनको राजिनामा समेत माग गरेका थिए।

संविधान संशोधन परिमार्जन र दुई चरणमा निर्वाचन हुने विषयमा मधेसी मोर्चाबीच सहमति भएपछिको पहिलो क्याबिनेट मिटिङमा उनी उपस्थित भएका हुन्।