हतियार सहित पक्राउ


झापा (नेस)

भारत पश्चिम वंगाल राज्य दार्जलिङ प्रधाननगर थाना हात्तिडुवा बस्ने १८ बर्षीय राजु साहलाई एयरगन १ थान र सोमा फिट हुने २ सय ग्राम काँटी (बुलेट) सहित प्रहरीले पक्राउ गरेको छ ।

साथै साहसँगै आएका सोही ठाउँ बस्ने १८ बर्षीय अजय गुरुङ, र १८ बर्षीय अजित महतोलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

मेचीनगर नगरपालिका–६ स्थित भन्सार कार्यालयको ढाटमा शनिबार भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरु मध्ये साहले कागजले बेरेर हातमा बोकी ल्याएको अवस्थामा उक्त एयरगन बरामद भएको इलका प्रहरी कार्यालय काँकडभिट्टाले जानकारी दिएको छ ।

यस विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।