आफ्नै श्रीमतीको हत्या गर्ने पक्राउ


कंचनपुर (नेस) ।

कुटपिट गरी आप्mनै श्रीमती मारेको अभियोगमा भिमदत्त नगरपालिका–१८ भगतपुर बस्ने ३७ बर्षीय किशोर चुनारालाई प्रहरीले पक्राउ गरेको छ ।

चुनाराले घरायसी वादविवादमा गएराति ३२ बर्षीया श्रीमती जयाश्री चुनारालाई कुटपिट गर्दा गम्भीर घाइते भएकी थिइन ।

घाइते जयालाई उपचारको लागी महाकाली अंचल अस्पताल महेन्द्रनगरमा उपचारको लागि लगिएको थियो । तर उनि उपचारको क्रममा ज्यान गुमाउन पुगिन ।

त्यसैले उनकै श्रीमानलाई गएराति पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको थप अनुसन्धान भने जारी रहेको प्रहरीले जनाएको छ ।