प्रेरणा राज्यलक्ष्मी देवी डिस्चार्ज


काठमाडौ (नेस) ।
पूर्वराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहलाई (सेरेब्रल भेनुअस साइनस थ्रोम्बोसिस) लागेको थियो । यो मष्तिसकमा रगत जम्ने रोग हो ।

उपचारपछि उहाँ लगभग ठीक भएकोे र आजै उहाँलाई अस्पतालबाट डिसजार्ज गरिएको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले जानकारी दिएको छ ।

नर्भिक अस्पतालमा भर्ना हुनुभएको प्रेरणा अहिले लगभग ठीक भएर कुनै सहायता नलिई हिँडडुल गर्न सक्ने भएको अस्पतालले जानकारी दिएको छ ।

आजै उनी अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

उहाँको स्वास्थ्यको उपचारमा नर्भिक अस्पतालका स्नायू रोग विशेषज्ञ पंकज जलान तथा पुर्व श्री छ अधिराजकूमारीका पारिवारिक चिकित्सक डा. किशोर राणा संलग्न रहेका थिए ।