ललित सिहं,बझाङ्ग
पुर्खा देखि खोला र ढुङ्गेधारा कुवाँको पानि खादै आएका थलारा गाउँपालिका ९ अफलाका ७० परिवार स्थानिय अहिले घरघरमै धारा बनेपछि हर्षित भएका छन् ।
बिहान ५ बजे देखि घरभन्दा २५ मिनेट तल रहेको ढुङ्गेधारा र कुवाँको पानि खाने गरेका स्थानिय बासी अहिले जिल्ला सम्वनय समिति ग्रामीण जलस्रोत ब्यावस्थापनले सो गाउँमा १३ बटा खाने पानीका धारा र गाइर्ःगोरुलाई पनि पानी खुवाउने उचित ब्याबस्था भएको खाने पानीको धारा २३ लाख ७० हजार लागतमा निर्माण गरीदिए पछि स्थानीयहरुमा हर्ष छाएको छ ।
परम्परादेखि पिउदै आएको खोला र कुवाँको पानी खादै आएका थियौ र अहिले जलस्रोतले गाउँमा खाने पानीको धारा निर्माण गरी खाने पानीको समस्याबाट मुक्ती पाएको र स्थानियहरु सबैलाई खुसीलागेको घर सरसफाईमा पनि सहज भएको कालपाटा खानेपानी तथा सरसफाई समितिका अध्यक्ष पुर्ण बहादुर भण्डारी बताउन्छन् ।
२०४८ सालमा ग्रामीण खाने पानी परियोजनाबाट थलारा गाउँपालिका वडानं ९ अफला गाउँमा ७ वटा धारा निमार्ण गरेको थियो तर एक बर्ष नबित्दै निर्मीत खाने पानीका धाराको स्टमेट गर्दा फरक परेकाले पानीको मुहानमा चुन ढुङ्गा निस्के पछि खाने पानी धारा अबरुध भएको थियो ।
खाने पानीमा चुनाढुङ्गा आएर पिउन योग्य नभए पछि पुनह फेरी खोला र ढुङ्गेधारा कुवाँको पानी खान बाध्य भएका स्थानीयहरु अहिले धारा घरमै भए पछि हृदय देखिनै खुसी भएको स्थानीय बासी प्रकाश भण्डारीले बताए ।
२०६४ सालमा सो गाउँमा निर्मीत गरेका ७ खाने पानीका धाराको मर्मत कार्य गछु भनेर गरीबी निवारण परियोजना लागु भएको थियो तर सो परियोजनाले मर्मत गरेका खाने पानकिा धारा पिउने पानी खान योग्य भएनन् उहि परम्परागत २५ मिनेट टाढा रहेको खोला र कुवाँको पानी खान बाध्य भएका यस क्षेत्रका स्थानिय अहिले गाउँमा १३ धारा निर्माण भएपछि खाने पानीको खास्सै समस्या नभएको र आफु लाई खुसी लागेको कालपाटा खाने पानी तथा सरसफाई योजनाका सचिब भिम बहादुर भण्डारी बताउन्छन् ।
यस जिल्ला समन्वय समिति ग्रामीण जयस्रोत ब्यावस्थापनले निर्याण गरेका १३ वटा खाने पानीका धारालाई अब पहिलाकै अवस्थामा नल्याउनु पर्ने र यसै योजनालाई सम्भार गरेर शुद्धखाने पानीको परिकल्पना गरी यो परियोजनालाई निरन्तरता र सरसफाईमा नमुना गाउँ बनाउनु पर्ने जिल्ला स्थितका सरोकारवाला निकायलाई अझ बढी जनचेतना र थप केही बिकासका पुर्वाधार बनाउनमा सहयोग गरी स्थानीय बासीन्दालाई सहयोग गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी केशब बहादुर थापाले बताउनु भएको छ ।
यस कालपाटा खानेपानी तथा सरसफाई योजनालाई दिगो बिकासको लक्ष लिएर दिगो सरसफाई र दिगो स्वच्छ खाने पानी लाई निरन्तरता दिए र अब पछिल्लो समयमा खाने पानीको समस्यामा अल्झिन नपर्नु पर्ने र अशुद्ध खाने पानीबाट लाग्ने बिभिन्न किसीमका रोग ब्याथा बाट यस गाउँका ७० परिवार स्थानीय बञ्चित हुनु पने र यी योजनालाई आफ्रनै छोराछोरीको स्याहार सम्भार गरेझै खानेपानी योजनाको स्याहार गरे पछि दिगो शुद्ध खाने पानीको उपभोग गर्न पाउन सकिने जिल्ला प्रबिधिक प्रमुख जगत प्रसाद जोसीले स्थानीय बासिन्दाहरुलाई सन्देश दिनु भएको छ ।
जिल्लामा निर्मीत बिभिन्न बिकासका पूर्वाधारका योजनाहरु दिगो नहुनुकै कारण स्थानीय उपभोक्क्ता र सरोकार वालाको पैसा कुम्ल्याउने परिपाटीले गर्दा निर्माण भएका योजनाहरुको दिगो बिकासहुन नसकेको सरोकारवाला निकाएहरुको भनाई रहेको छ ।
यस पछि यस्ता परिपाटी र काम कम कागजमा लागत बढी देखाएर काम गर्ने सरोकारवाला निकाए र उपभोक्क्तालाई यस्तो कार्य गरेको सुन्न आएमा कानुन बमोजिम कावाई गने प्रमुख जिल्ला अधिकारी केशब बहादुर थापाको दाबी रहेको छ ।











प्रतिक्रिया