लोक गायक विष्णु खत्री मेयरमा सिफारिश


बागलुङ, ९ वैशाख । नेपाली लोक सङ्गीत क्षेत्रका चर्चित गायक विष्णु खत्रीलाई नेकपा (माओवादी केन्द्र) ले जिल्लाको गलकोट नगरपालिकाको प्रमुख पदको उम्मेदवारमा सिफारिस गरेको छ ।

केन्द्रको गलकोट नगर समितिको बैठकले खत्रीसँगै पोलिटब्यूरो सदस्य फमलाल न्यूरे, केन्द्रीय सदस्य ज्ञामनाथ गैरे र तिलक उप्रेतीलाई उम्मदेवारमा सिफारिस गरेको हो ।

उम्मदेवारको अन्तिम टुङ्गो भने केन्द्रको– ४ नं प्रदेश समितिले लगाउने जनाइएको छ । गायक खत्री केन्द्रको गलकोट नगर समिति सदस्यसमेत हुनुहुन्छ । उप–प्रमुख पदमा भने जिल्ला सदस्य ललिता थापालाई सर्वसम्मत उम्मदेवारको रुपमा सिफारिस गरिएको नगर समितिका उपाध्यक्ष गङ्गा भुजेलले जानकारी दिनुभयो ।

‘सम्भावित उम्मदेवारको सूची प्रदेश समितिमा सिफारिस गरेका छौं’ उपाध्यक्ष भुजेलले भन्नुभयो “उम्मदेवारको अन्तिम टुङ्गो प्रदेश समितिले लगाउनेछ ।” केन्द्रले गलकोट नगर क्षेत्रमा आफ्नो चुनावी कार्यक्रमलाई तीव्रता दिएको छ । रासस