नेवा देय् दबूको राष्ट्रिय महाधिवेसन सुरु


नरेन्द्र केसी, दाङ ।

नेवार समुदायको साझा संगठन नेवा देय् दबूको छैठौं राष्ट्रिय महाधिवेशन दाङको घोराहीमा सुरु भएको छ ।

महाधिवेसनको संगठनका संरक्षक एवं संस्थापक मल्लके सुन्दरले शुक्रवार उद्घाटन गर्नुभएको छ ।

उद्घाटन अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी मल्लके सुन्दरले राष्ट्र निर्माणमा नेवार समुदायको भूमिका महत्वपूर्ण भएपनि आफनो अधिकार सुनिश्चितताको अवसरबाट बञ्चित भएको बताउनुभयो । उहाँले आपसी टुट्फूटले अधिकार सुनिश्चितताको अवसरबाट बञ्चित हुनु परेकोमा दुःख व्यक्त गर्दै आगामी दिनमा एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
नेवार समुदाय कला, संस्कृतिका दृष्टिले धनी मानिन्छन अन्य समुदायले पनि हाम्रो संस्कार, संस्कृति र क्षमताको प्रशंसा गर्छन संरक्षक मल्ल के सुन्दरले भन्नुभयो,– तर हामी आपसी टुट् फूटमै व्यस्त छौ, यसले हाम्रो समुदायको हित गर्दैन ।

उहाँले उपत्यकाका नेवार मोफसलका नेवारमा एउटै भावनाको विकास हुनुपर्ने भन्दै समुदायको अधिकार र हितकालागि एकतावद्ध भएर देखाउनुपर्ने बताउनुभयो । संगठनमा देखिएका समस्याप्रति असन्तुष्टि पोख्नु भएका सुन्दरले दाङबाट एकताको सन्देश दिन आम नेवार समुदायलाई अपील गर्नुभयो ।