माइक्रोबसको ठक्करबाट परियारको मृत्यु


यमलाल भुसाल, बुटवल ।

बुटवलमा माइक्रोबसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाकोे मृत्यु भएको छ ।

लु १ ख ९२६५ नम्बरको मोटरसाइकलमा बुटवल आउदै गर्दा बुटवलबाट मानपकडीतर्फ जाँदै गरेको लु १ ख ९२६५ नम्बरको माइक्रो बसले मोटसाइकललाइ ठक्कर दिएको थियो ।

ठक्करबाट बुटवल १४ का झमबहादुर परियारको मृत्यु भएको हो । ठक्करबाट घाईते भएका मोटरसाईकल चालक बुटवल १४ का बिमल थापा र परियारलाई लुम्बिनी अञ्चल अस्पताल बुटवल ल्याइएको थियो ।

उपचारको क्रममा परियारको मृत्यू भएको प्रहरीले जनाएको छ । घाईते थापाको भने अञ्चल अस्पतालमै उपचार भइरहेको छ । बस इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा राखेको जनाएको छ ।