आमाको हत्या गर्नेलाई जन्द कैद


अनिल खत्री, गुल्मी । आफ्नै बृद्ध आमाको हत्या गर्ने चन्द्रकोट गाउँपालिका वडा नं १ दिबु्रङ्गका बिर बहादुर काउछालाई जिल्ला अदालत गुल्मीले सर्वस्व सहित जन्मकैदको फैसला गरेको छ ।

उनले गत ५ भदौ मा आफ्नै घरमा सुतिरहेकी ७१ वर्षीय आमा मोती काउछालाई कोदालो प्रहार गरि हत्या गरेका थिए ।

प्रहरीले असोज ६ गते गिरफ्तार गरी अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।

जिल्ला न्यायधिस मातृका प्रसाद मरासिनीले ज्यान सम्बन्धि महल १३, (१) बमोजिम उनलाई सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको श्रेष्तेदार दुर्गा प्रसाद बस्यालले बताए ।