पर्यटकिय स्यार्पुताल संरक्षणमा स्थानीय


धनवीर दाहाल, रुकुम ।
प्रदेश नं ६ कै प्रमुख पर्यटकिय क्षेत्र स्पार्युताल सरसफाई तथा संरक्षणमा स्थानीय जुटेका छन् ।

रुकुम जिल्लाको बाँफिकोट गाँउपालिका वडा नं ३ मा रहेको सो ताल संरक्षणको अभावमा रहेको भनि बिभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन तथा प्रसारण भएपछि ताल संरक्षणको लागी भन्दै स्थानीयहरुले सफाई अभियान सुरु गरेका छन् ।

वाँफिकोट गाउँपालिकाको अगुवाईमा उक्त अभियान थालनी गरिएको हो । वाँफिकोट गाउँपालिका वडा नं. ३ वाँफिकोटमा पर्ने यो ताल सरसफाई र संरक्षण नहुँदा ओझेलमा परेको थियो ।