विबादै विबादमा महासंघको नयाँ नेतृत्व


बिष्णुप्रसाद भण्डारी, अछाम ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको चौथो जिल्ला अधिवेशनले बिबादका बिच शिवराज ढुंगानाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

बिहिवार सम्पन्न अधिवेशनको बन्द सत्रबाट विगत १० बर्षदेखि निरन्तर पत्रकारितामा क्रियाशिल ढुंगानाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

महासंघको बरिष्ठ उपाध्यक्षमा परिवर्तन एफ एम बिनायकमा कार्यरत रमेश रावत चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा रेडियो रामारोशन एफएममा कार्यरत बिद्युत्मा आउजी चयन हुनुभएको छ ।

महासंघको सचिवमा रामारोशन दैनिकमा कार्यरत तथा बिगत १० बर्षदेखि अछाममा पत्रकारिता गरिरहनु भएका नरेश कुमार शाही चयन हुनुभएको छ । यस्तै सह–सचिवमा रेडियो जनप्रियमा कार्यरत पत्रकार महासंघ अछामका संस्थापक सह–सचिव ललित कुमार केसी र रेडियो सोसाईटी तथा एभिन्यूज टेलिभिजनमा कार्यत बिष्णु प्रसाद भण्डारी सर्वसम्मत चयन हुनुभएको छ भने कोषाध्यक्षमा रेडियो रामारोशनमा कार्यरत जगत जैगडी चयन हुनुभएको छ ।

यस्तै जिल्ला कार्यसमितिको सदस्यमा पवन खत्री, भरत अधिकारी, तुल बहादुर कुँवर, ललित रैगाई, कल्पना बोहरा, कालु बोहरा, शेरबहादुर शाह, डण्डीप्रसाद भट्ट, टिकेन्द्र भण्डारी, खगेन्द्र साउँद सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै केन्द्रीय पार्षदमा एकिन्द्र कुमार कुँवर, पुष्पराज भट्ट, राजेन्द्र कुँवर, टेकराज भण्डारी, कृष्ण बहादुर बुढा, चन्द्र थापा, नमराज न्यौपाने, बिक्रम परियार लगायत चयन हुनुभएको छ ।