टाटा सुमो दुर्घटना हुँदा २जनाको ज्यान गयो


नेपाल समाचारपत्र, सिन्धुली ।
कमलामाई नगरपालिका–२ पिपल भन्ज्याङ नजिकै बिपी राजमार्गमा काठमाडांैबाट बर्दिबासतर्फ जाँदै गरेको ना. १ ज ५४४४ नम्बरको टाटा सुमो बुधबार अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

सडकबाट करिब २० फिट तल खसेर दुर्घटना हुँदा २ जना पुरुष व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ५ जनालाई जिल्ला अस्पताल सिन्धुली र ३ जनालाई जनसेवा अस्पताल बर्दिबासमा लगिएको प्रहरीले जनाएको छ ।