सुन जस्तो देखिने पंहेलो धातु र नगद सहित पक्राउ


नेपाल समाचारपत्र, काठमाडौं ।

धुनषा मिथिला–३ घर भएका ३७ बर्षीय राजु लामालाई प्रहरीले बुधबार सुन जस्तो देखिने पंहेलो धातु ३० तोला र नगद ६७ हजार ५ सय रुपैयाँ सहित पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा सुनको कारोबार भइरहेको सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले कोटेश्वर स्थित बन्दै गरेको आकाशे पुल नजिकै सडक पेटीमा हिडिरहेका लामालाई फेला पारेको हो । शरिर तलासी गर्दा उनले लगाएको जिन्स ज्याकेटको खल्तीमा कागजमा बेरिएको विस्कुट आकारको सुन जस्तो देखिने पंहेलो धातु र उक्त नगद बरामद गरेको थियो ।

लामालाई उक्त सुन सिरहा लहान नगरपालिका–६ वतन भएकी २२ बर्षीया सुस्मिता आचार्यले दिएको खुल्न आएपछि प्रहरीले आचार्यलाई समेत पक्राउ गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।