काठमाडौँ, ७ वैशाख । सभामुख ओनसरी घर्तीले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनसम्बन्धी सूचनालाई प्रभावकारी रूपमा जनतासमक्ष पु¥याउन आग्रह गर्नुभएको छ ।
“लोकतान्त्रिक व्यवस्थालाई जनउत्तरदायी बनाउन सूचनाको हकको महत्वपूर्ण भूमिका रहेको हन्छ, सूचनाको हकको महत्वलाई आत्मसात् गरी नेपालको संविधानले धारा २७ अन्तर्गत मौलिक हकका रूपमा सूचनाको हकको ग्यारेन्टी गरेको छ” – सभामुख घर्तीले भन्नुभयो ।
संवैधानिक व्यवस्थाका अतिरिक्त राज्यका काम कारबाही लोकतान्त्रिक पद्धतिअनुरूप खुल्ला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउने, सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आमनागरिकको पहुँचलाई सहज बनाउने उद्देश्यले सूचनाको हकसम्बन्धी ऐन व्यवस्थापिका–संसद् मार्फत पारित गरी लागू गरेको सभामुख घर्तीको भनाइ छ ।
सूचना आयोगले आयोजना गरेको सो सम्मेलनमा आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले सूचना सहजै रूपमा सार्वजनिक गरे पनि तल्लो निकायले सूचना सार्वजनिक गर्न आनाकानी गर्दै आएको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सूचनाको हकसम्बन्धी ऐन पत्रकारका लागि मात्र नभएर समग्र जनताका लागि भएको हुँदा त्यसको प्रयोग गरी सूचना लिनुपर्नेमा जोड दिनुभयो । एकदिने सम्मेलनले काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ । रासस
प्रतिक्रिया