हुम्लामा बाटो बनाउँदै नेपाली सेना


कालीवहादुर मल्ल, कालिकोट । सडक संजालले नछोएका कर्णाली अंचलका दुई जिल्ला हुम्ला सदरमुकाम सिमीकोट र डोल्पा सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक सञ्जालको पहुँच पु¥याउन नेपाली सेना सडक निर्माण कार्यमा अहोरात्र खटिएको छ ।

नेपाली सेनाले कर्णाली राजमार्ग निर्माण गरेपछि हुम्ला सदरमुकाम र डोल्पा सदरमुकाममा संडक संजाल जोड्न कर्णाली करिडोर र भेरी करिडोरको कामलाई तिब्रता दिएको हो ।

नेपाली सेनाले जिम्मा लिए पछि कर्णाली करिडोरको कालिकोटको खुलालुदेखि हुम्लाको सिमिकोटसम्मको १ सय ९२ किलोमिटरमा स्थानीयबासीको माग अनुसार नै २०७१ चैत्र ९ गते नेपाली सेनाले निर्माण गर्ने जिम्मा लिएको थियो । भरी करिडोर अन्र्तगतको जाजरकोट—डोल्पा सडकखण्डको जम्मा १ सय १७ दशमलव ७ किमी सडकमध्ये एकसय आठ किमी सडक निर्माण कार्य सम्पन्न भइसकेको र नौ किमी सडक मात्र बाँकी छ । अबको एक वर्षभित्रै सदरमुकाम दुनै जोड्ने लक्ष्य रहेको नेपाली सेनाको निर्माण कार्यदलले जनाएको छ ।

भेरी करिडोर अन्र्तगत जाजरकोटदेखि अहिले त्रिवेणी—करोपगाड सडकखण्डको निर्माण कार्य तीव्र पारिएको जाजरकोट—डोल्पा सडक निर्माणका कार्यदल प्रमुख विश्वबन्धु पहाडीले बताए । ‘सडकखण्डको निर्माण कार्य छिटो र गुणस्तरीय बनाउन दुईवटा डोजर लगाई काम सञ्चालन गरिएको छ ।’ उनले भने, ‘डोल्पाको त्रिवेणी, खदाङ, चुँगाडलगायत स्थानमा निर्माण आधार खडा गरेर सेनाले कामलाई थप सशक्त बनाइरहेको छ ।’