सम्झौता भयो तर अनुदान उपलब्ध भएन


मोतीराम तिमल्सिना, काभ्रे ।

भुकम्प गएको दुई वर्ष वितिसक्दा समेत भुकम्प पीडितहरुले अनुदान प्राप्त गर्न सकेका छैनन । कतै भुकम्प पीडितहरु लाभग्राही सूचीमा पर्न सकेका छैनन भने कतै लाभग्राही सूचीमा परेर पनि अनुदान प्राप्त गर्न सकेका छैनन । कतै सम्झौता हुन सकेकोे छैन कतै सम्झौता भएर अनुदान प्राप्त हुन सकेको अबस्था छ ।

राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भुकम्पको लाभग्राही सूचीमा नपरेकाहरुलाई पुनः समावेश गर्न पहिलो चरणमा जिल्लाका रविओपी, चण्डेनीमण्डन, बल्थली, पाँचखाल लगायतका स्थानबाट नमुना परिक्षण शुरु गरेको जिल्ला प्रमुख धुर्व गैडाले जानकारी दिए ।

केहि स्थानका भुकम्प पीडितहरुलाई नेपाल सरकारको तर्फबाट पनि दोश्रो किस्ताको अनुदान रकम वितरण शुरु गरिएको छ । निर्माण सम्पन्न भएको भन्दै दोश्रो किस्ता माग गर्नेहरुको संख्या झढ्ण्डै ५ हजार पुगेको छ । तर रकम भुक्तानी हुन नसक्दा तेश्रो किस्ताको प्रकृया बारे अन्योल बढेको छ ।