सहिद विश्वासको स्मृति दिवस मनाईयो


नेपाल समाचारपत्र, भद्रपुर ।
२०६२/६३ को दोस्रो जनआन्दोलनमा सहादत प्राप्त गरेका सहिद सुरज विश्वासको ११ औ स्मृति दिवस भद्रपुरमा मनाइएको छ ।
झापाको भद्रपुर ६ स्थित सहिद सुरज विश्वास पार्क निर्माण समितिले बुधवार आयोजना गरेका श्रद्धाञ्जली सभामा सहिदलाई सम्झदै दिपप्रज्जवलन गरी सुरजको अर्धकदको शालिकमा माल्याअर्पण गरी मनाइएको हो । आजकै दिन झापामा सहिद सुरज विश्वास र राजन गिरीले सहादत प्राप्त गरेका थिए ।
सभामा बोल्दै सहिद पिता शान्ति विश्वासले छोराले देशको लागि दिएको रगतको बलीदान खेर नफाल्न राजनितिकदललाई आग्रह गरे । राजतन्त्रको अन्त्य भई देशमा लोकतन्त्र, गणतन्त्रण स्थापानसगै सविधान जारी भइसकेको अवस्थामा देशले राजनितिक स्थायीत्व पाउन नसकेकोमा उनको चिन्ता थियो ।

आ.ब. २०७१/७२ मा संसद कोषबाट एक लाख रुपैया बराबरको बजेट विनियोजन र भद्रपुर नगरपलिका कार्यालयले निशुल्क जग्गा उपल्बध गराएपछि निर्माण गरिएको सहिद सुरजको अर्धकद शालिक सहितको पार्क २०७३ बैशाख ६ गते उदघाटन गरिएको थियो ।