काठमाडौ–जनकपुर टाटा सुमो सेवा सञ्चालन


काठमाडौं, (नेस)

चुरियामाई यातायात प्रालिले नयाँ वर्षको अवसर पारेर काठमाडौंदेखि जनकपुरसम्म टाटा सुमो सेवा सञ्चालनमा ल्याएको छ।

कम्पनीका अध्यक्ष हीरा बहादुर मगरका अनुसार १५ वटा एसियुक्त टाटा सुमोमार्फत् सेवाको शुरूआत गरिएको हो।

चुरियामाई यातायातले उच्चस्तरीय सेवा तथा अरूभन्दा पृथक सुविधा दिने जनाएको छ।

प्रत्येक टिकट खरिदमा १ बोतल मिनिरल वाटर सित्तैमा प्रदान गरिने र २० पटक यात्रा गरेपश्चात १ टिकट सित्तैमा पाउन सकिने छ।

पिक एन्ड ड्रप लगायत टेलिफोनमार्फत अग्रिम टिकट बुकिङ गर्न सकिने मगरले जानकारी दिनुभयो।